प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहाल बिच भेटवार्ता
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल बिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवासमा उनीहरु बिच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी छन् ।







