मन्त्रिपरिषद्को टुंगो अझै लागेको छैनः रवि लामिछाने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रीपरिषद् गठनको काम अहिलेसम्म टुंगो लागिसकेको नभएको जानकारी दिएका छन्।
पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै लामिछानेले भने, “अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन। हामीले तपाईंहरू सबैलाई चिनेका छौं। बलियो मन्त्रिपरिषद् बनाउँछौं।”
उनले आगामी मन्त्रिपरिषद् गठनमा सक्षम नेतृत्व र पार्टीको प्रतिबद्धता कायम राख्ने कुरा पनि स्पष्ट पारेका छन्।







