नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिँदै बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विषयवस्तु, आगामी रणनीति तथा अन्य महत्वपूर्ण निर्णयहरू समेटिने अपेक्षा गरिएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा चुनावी समीक्षाका साथसाथै समसामियक विषयमा कुराकानी हुने बताइएको छ ।