खोटाङमा बिरामी लिन गएको हेलिकप्टर दुर्घटनामा

User Image Prime TV News २ हप्ता अगाडि
Image of खोटाङमा बिरामी लिन गएको हेलिकप्टर दुर्घटनामा

काठमाडौ । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा आज बिरामी लिन गएको हेलिकप्टर दुर्घटनामा परेको छ।

प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले दुर्घटनाको पुष्टि गर्दै कुनै ठूलो हताहती नभएको बताएकी छन्। तर, स्थानीय वडाअध्यक्ष मिलन राईका अनुसार दुर्घटनामा एकजना घाइते भएका छन्। वडा अध्यक्ष राईले भने, “एकजना घाइते भएको भन्ने जानकारी आएको छ। म केही समयमा घटनास्थल पुग्नेछु।”

प्रहरी र स्थानीय निकायहरू घटनास्थलमा पुगेर आवश्यक सुरक्षाका उपाय र उद्धार कार्यमा जुटिसकेका छन्। हालैको रिपोर्ट अनुसार घाइतेको अवस्था स्थिर रहेको छ र थप विवरण पर्खिन बाँकी छ।