आउँदो हप्ताभित्रै नयाँ सरकार गठन हुने सम्भावना छः अर्थ मन्त्री खनाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of आउँदो हप्ताभित्रै नयाँ सरकार गठन हुने सम्भावना छः अर्थ मन्त्री खनाल

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्रै नयाँ सरकार गठन हुने सम्भावना रहेको बताएका छन्।

नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि संविधानअनुसार सरकार गठन प्रक्रिया तीव्र रूपमा अघि बढ्ने स्पष्ट पारे।

खनालले वर्तमान सरकारको कार्यकाल अन्त्यतिर पुगेको संकेत गर्दै आफूले पनि अब विश्राम लिने बेला भएको उल्लेख गरे। उनले आगामी सरकार शक्तिशाली बहुमतसहित गठन हुने अपेक्षा व्यक्त गर्दै बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीहरू सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

साथै, समष्टिगत आर्थिक सूचकहरूमा देखिएका सुधारका संकेतलाई निरन्तरता दिन नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने आशा पनि व्यक्त गरे।