आज सुन तथा चाँदीको मूल्यमा गिरावट

User Image Prime TV News २ हप्ता अगाडि
Image of आज सुन तथा चाँदीको मूल्यमा गिरावट

काठमाडौ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, डलरको विनिमय दर तथा माग–आपूर्तिको प्रभावका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन देखिने गरेको छ।