इरानका प्रभावशाली नेता अली लारिजानीको मृत्यु भएको पुष्टि

User Image Prime TV News २ हप्ता अगाडि
Image of इरानका प्रभावशाली नेता अली लारिजानीको मृत्यु भएको पुष्टि

काठमाडौ । इरानका प्रभावशाली सुरक्षा तथा कूटनीतिक नेता अली लारिजानीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले अन्ततः पुष्टि गरेका छन्।

यसअघि उनी जीवित रहेको भन्दै आएका थिए ।  लारिजानी सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव थिए । जुन इरानको सबैभन्दा शक्तिशाली सुरक्षा निकाय हो।

देशको रक्षा, आणविक नीति र रणनीतिक निर्णयहरूमा उनको सीधा प्रभाव थियो। नयाँ सर्वोच्च नेता मुझतबा खामेनी सार्वजनिक रूपमा कम देखिएको अवस्थामा लारिजानीलाई शक्ति संरचनाको दोस्रो सबैभन्दा बलियो व्यक्ति मानिन्थ्यो। उनलाई राष्ट्रपति मसुद पेजेस्कियान ले २०२५ मा उक्त जिम्मेवारी दिएका थिए।

सन् १९५७ मा नजफ मा जन्मिएका लारिजानी इरानको गहिरो राजनीतिक पृष्ठभूमिबाट आएका थिए। उनी पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनी का निकट सल्लाहकारसमेत रहिसकेका थिए।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इजरायली सेनाले लक्षित हवाई आक्रमण गरेर लारिजानीलाई मारेको दाबी गरेका थिए। उक्त आक्रमण पश्चिम एसियामा जारी युद्धकै क्रममा भएको हो।

इजरायलका अनुसार उनी लुकेको स्थानमै निशाना बनाइएका थिए र सोही आक्रमणमा उनका नजिकका केही व्यक्ति समेत मारिएका छन्। उनले विचारधारा र व्यवहारिक कूटनीतिबीच सन्तुलन मिलाएर इरानको विदेश नीति चलाएका थिए।

विशेषगरी अमेरिका र इजरायलसँगको टकराव व्यवस्थापनमा उनको भूमिका केन्द्रीय थियो।