इनिशा बिक हत्या प्रकरणमा दोषिलाई कारवाहीको माग गर्दै काठमाडौंमा खवरदारी प्रदर्शन

User Image Prime TV News २ हप्ता अगाडि
Image of इनिशा बिक हत्या प्रकरणमा दोषिलाई कारवाहीको माग गर्दै काठमाडौंमा खवरदारी प्रदर्शन

काठमाडौ । इनिशा बिक हत्या प्रकरणमा दोषिलाई कडा कारवाहीको माग गर्दै संयुक्त नागरिक पार्टीले काठमाडौंमा खवरदारीसहित प्रदर्शन गरेको छ ।

इनिशा बिकको न्यायलका लागि भन्दै संयुक्त नागरिक पार्टी विद्यार्थी तथा महिला विभागले मंगलबार माइतिघरमा खबरदारीसहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले इनिशाको हत्यारालाई कारवाही गर, बलात्कारको अन्त्य गर, सुरक्षित समाज निर्माण गर, बलात्कारीलाई फाँसीको सजाय हुने कानून बना लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन नरोकिने जनाएका छन् ।  सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।