जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले कार्की आयोगको पूर्ण प्रतिवेदनका साथै लाल, रायमाझी र मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन् ।
नेपालमा छानविन आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने देखिएकाले कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नहुने हो की भन्ने आशंका व्यक्त गरेका छन् । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर भदौ २३ र २४ को घटनाका दोषिलाई कडा कारवाही हुनुपर्ने युवाहरुको भनाइ छ ।







