सेयर बजारमा दोहोरो अंकको सुधार, १२ अर्ब माथिको कारोबार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ।
आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको सेयर मूल्य घटेको छ। १७ कम्पनीको सेयर मूल्य स्थिर रहँदा सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले बढेर ४८२.५६ विन्दुमा पुगेको छ। १३ वटा उपसूचकमध्ये ६ वटाको सेयर मूल्य बढेको र ७ वटाको घटेको देखिएको छ।
आज ३४० कम्पनीका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर १ लाख ६ हजार १४० पटक खरिद बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँको कारोबार भएको छ। चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले लगानीकर्ताबीच उत्साह कायम भएको संकेत दिएको छ। हालको बजार उतार-चढावबीच परिसूचक वृद्धि हुनुले लगानीकर्ताहरूमा विश्वास बढिरहेको देखिएको छ।












