नवनिर्वाचित सांसदहरूको शपथ ,नयाँ संसद्को बहुउद्देश्यीय हलमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of नवनिर्वाचित सांसदहरूको शपथ ,नयाँ संसद्को बहुउद्देश्यीय हलमा

काठमाडौ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण हुन लागेको नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएका छन्।

सङ्घीय संसद् सचिवालयका सहसचिव एकराम गिरीका अनुसार नयाँ भवनमा बैठक बस्ने हल तुरुन्त तयार नहुँदा वैकल्पिक रूपमा बहुउद्देश्यीय हल प्रयोग गरिने तयारी भइरहेको छ। उनले भने, “हामी शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हल तीन दिनभित्र प्रयोगका लागि तयार गर्नेछौँ। यो हल सचिवालयकै प्रयोगका लागि बनाइएको हो।”

सचिवालयले नयाँ भवनमा नियमित बैठक बस्ने हल कहिले पूर्ण रूपमा तयार हुन्छ भन्ने सुनिश्चित जानकारी भने उपलब्ध नभएको बताएको छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरूको शपथ ग्रहण र पहिलो बैठकको मिति हालसम्म निश्चित भइसकेको छैन।