पोखराको आकासमा फेरि सुरु हुने भयो प्याराग्लाईडिङ्ग खेल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्ण कारण पोखराको आकासमा लामो समय सम्म बन्द रहेको प्याराग्लाईडिङ्ग खेल अब भने शुरु हुने भएको छ ।
साहसिक र मनोरञ्जनका लागी उडाईने प्याराग्लाईडिङ्ग पछिल्लो समय आन्तरीक तथा बाह्यि पर्यटक हरुको रोजाईमा पर्ने गरेको छ । यस अघि हरेक दिन १ हजारदेखि १२ सय जना सम्मले उड्ने गरेको प्याराग्लाईडिङ्ग पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्ण भएसंगै बन्द भएको थियो ।
मौसममा परिवर्तन आउने र यस क्षेत्र बाट देखिने अन्नपूर्ण , माछापुच्छ्रे हिमाल लगाएत पर्यटकिय स्थलहरु घुम्नका लागी स्वदेशी तथा विदेशी पाहुना हरुको पोखरा आउने क्रम बढदै जान थालेका छन् ।
पोखरा पुगेका पर्यटकको पहिलो रोजाई प्याराग्लाईडिङ्ग पर्ने हुँदा नेपाल नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा यही चैत्र ५ गते देखी ७ गते सम्म २१ औं नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाईडिङ च्याम्पियनसिप हुने नेपाल नेपाल हवाई खेलकुद संस्थाले जानकारी गराएको छ ।
प्रतियोगीतामा सहभागीताका लागी हालसम्म स्वदेशी र बिदेशी गरी ९० जनाले नाम दर्ता गरीसकेका छन् । प्रतियोगीतामा पुरुष तर्फ पहिलो , दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार , १ लाख र ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने महिला तर्फ क्रमशः ७५ हजार ५० हजार र २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गने आयोजकले जनाएका छन् ।
लामो समयको बन्दका कारण पोखरा क्षेत्रमा दर्ता भएका बिभिन्न ६० वटा प्याराग्लाईडिङ्ग कम्पनीमा कार्यरत ३ सय ५० पाईलटहरु बेरोजगार रहेका थिए भने प्याराग्लाईडिङ्ग लगाएत पर्यटन क्षेत्र धराशायी बनेको थियो ।













