आज सुनचाँदीको मूल्यमा वृद्धि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा दुवै धातुको मूल्य बढेको हो।महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ। सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो। यस अनुसार एक दिनमै सुनको मूल्य प्रतितोला ४ सयले वृद्धि भएको देखिन्छ।
१० ग्राम सुनको मूल्य पनि बढेर मंगलबार २ लाख ६५ हजार ६९० पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ६५ हजार ३४५ रहेको थियो। चाँदीतर्फ पनि उस्तै वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ पुगेको छ, जुन सोमबार ५ हजार २६५ थियो। यस अनुसार चाँदीको मूल्य प्रतितोला ७० ले बढेको हो।
त्यसैगरी, १० ग्राम चाँदीको मूल्य मंगलबार ४ हजार ५७४ पुगेको छ भने सोमबार ४ हजार ५१४ कायम रहेको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा विनिमय दरमा हुने उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।












