विशेष महाधिवेशन स्वीकार नगरेको देउवा पक्षको दाबी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको विशेष महाधिवेशनलाई आफ्नो पक्षले अझै स्वीकार नगरेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले बदनीयतका साथ गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाए। पूर्वसभापति शेरबहादुर देउवा निकट नेता विश्वकर्माले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विशेष महाधिवेशनलाई मान्यता नदिएको दाबी गरे।
उनले आफूहरूले निर्वाचनमा सहकार्य गरे पनि विशेष महाधिवेशनलाई भने स्वीकार नगरेको बताए। विश्वकर्माले आफूहरूको समूह पार्टीबाट नफुटेको जिकिर गर्दै आधिकारिकता सम्बन्धी विवाद अहिले अदालतमा विचाराधीन रहेको जानकारी दिए।
अदालतको अन्तिम निर्णय नआउँदासम्म दुवै पक्षबीच स्पष्ट सहमति नभएको उनको भनाइ थियो। उनले निर्वाचन आयोगले अन्तिम समयमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता नदिएको कारण पूर्वसभापति शेरबहादुर देउवाले निर्वाचनमा भोट नमागेको दाबीसमेत गरे। अदालतले जे निर्णय गर्छ, त्यसलाई स्वीकारेर अघि बढ्ने उनले बताए।







