खाना पकाउने ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखियोः बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

User Image Prime TV News २ हप्ता अगाडि
Image of खाना पकाउने ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखियोः बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

काठमाडौ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको जनाएको छ । 

राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले अनावश्यक सञ्चय भन्दा पनि माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखिएको बताए । 

 उनले दैनिक १३० बुलेट ग्यास आउदा प्रयाप्त हुने भएपनि हाल दैनिक ९० बुलेटमात्रै ग्यास आउने गरेको जानकारी बिभागमा प्राप्त भएको उल्लेख गरे । निर्देशक तिवारीले ग्यासका अभाव भएपछि गरिएको बजार अनुगमनका क्रममा समेत व्यापारिले ग्यास लुकाएको नभेटिएको बताए । 

उनले  ग्यासको अभाव बढ्ने मनोवैज्ञानिक त्रासले उपभोक्ताले केहि सञ्चय गरेको देखिएको धारणा राखे । निर्देशक तिवारीले ग्यासका साथै इन्डक्सन चुलो बिक्रि बितरणका बिषयमा समेत बिभागले आवश्यक अनुगमन गरिरहेको बताए । 

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल आयल नियमको अकर्मण्यता र केहि व्यापारिहरुले लुकाई कृत्रिम अभाव गरि कालाबजारी गरेका कारण खाना पकाउने ग्यासको अभाव देखिएको उल्लेख गरे ।