जिल्ला प्रशासन कार्यालय काठमाडौमा प्रधानमन्त्री र गृहमन्त्रीको आकस्मिक अनुगमन

User Image Prime TV News २ हप्ता अगाडि
Image of जिल्ला प्रशासन कार्यालय काठमाडौमा प्रधानमन्त्री र गृहमन्त्रीको आकस्मिक अनुगमन

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर सेवा प्रवाहको अवस्थाबारे आकस्मिक अनुगमन गरेका छन्। सरकारी सेवा प्रभावकारी र सहज बनाउने उद्देश्यसहित उनीहरूले कार्यालयको निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासो सुनेकी थिइन्। उनले कर्मचारीहरूलाई सेवा प्रवाह छिटोछरितो, पारदर्शी र झन्झटरहित बनाउन निर्देशन दिएकी छन्।

त्यसैगरी गृहमन्त्री अर्यालले प्रशासनिक कामकारबाहीमा पारदर्शिता र जवाफदेहिता बढाउनुपर्नेमा जोड दिएका छन्। उनले सेवाग्राहीलाई दुःख दिने विचौलियाहरूविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न जो कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।

पछिल्लो समय सरकारी कार्यालयमा सेवा लिन जाँदा सर्वसाधारणले लामो समय लाइन बस्नुपर्ने, ढिलासुस्ती हुने तथा विचौलियाको प्रभाव बढेको गुनासो बढ्दै आएको छ। यही सन्दर्भमा उच्च तहबाट गरिएको अनुगमनलाई प्रशासनिक सुधारको प्रयासका रूपमा हेरिएको छ।

सरकारले यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने संकेत गरेको छ। यसबाट सरकारी कार्यालयको सेवा प्रणाली सुधार हुने र नागरिकले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।