सेयर बजार आज राताम्य, नेप्से २६.०७ अंकले घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सेयर बजार आज राताम्य, नेप्से २६.०७ अंकले घट्यो

काठमाडौ । सोमबारको कारोबारमा नेपाल सेयर बजार पुनः राताम्य देखियो। नेप्से परिसूचक आज २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेको छ । जसले अघिल्लो दिनको तुलनामा ०.९२ प्रतिशत गिरावट देखाएको छ।

आज बजारमा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको मात्र मूल्य बढेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। उच्च मूल्य भएका कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३८ अंकले घटेर ४८०.४१ विन्दुमा पुगेको छ। १३ उपसूचकमध्ये १२ उपसूचकमा गिरावट आएको छ भने एउटामा मात्र सुधार देखिएको छ।

करोबारको दृष्‍टिले पनि बजारमा कमजोरी देखियो। आज ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर १ लाख २ हजार ७५९ पटक खरिद बिक्री हुँदा कुल ११ अर्ब ९७ लाख ४६ हजार ९६८८ रुपैयाँको कारोबार भयो।

बजार घटेको दिनमा पनि ४ कम्पनीमा सकारात्मक सर्किट लागेर शेयर कारोबार भयो, जसले केही कम्पनीको लगानीकर्तालाई राहत दिएको छ। विशेषज्ञहरूले भनेका छन् कि हाल बजारमा गिरावटको कारण उच्च मूल्य भएका कम्पनीको दबाब र लगानीकर्ताको सतर्कता रहेको बताइएको छ।