‘परालको आगो’को गीत ‘उडी जाउँ भनेँ, म पन्छी होइन’ सार्वजनिक
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । चलचित्र ‘परालको आगो’को गीत ‘उडी जाउँ भनेँ, म पन्छी होइन’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपूत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन् ।
आफ्नो माया भएको ठाउँमा जान मन लाग्ने भावलाई केन्द्रमा राखेर गीत तयार गरिएको छ । शान्ती ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन् । गीतको शब्दरचना मनबहादुर मुखियाले गरेका छन् । यो नेपाली स्रोतामाझ लोकप्रिय गीत हो । यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन् । उनले चार दशकअघि गाएकी थिइन् । गीतको म्युजिक एरेन्ज विनोद भुजेलले गरेका छन् ।
गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’बाट प्रेरित चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपूत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय छ । चलचित्रलाई सुशील पोखरेलको लगानी रहेको छ । पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।
लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्रलाई संकल्प भुजेलले खिचेका छन् । वैशाख ११ गतेबाट रिलिज हुनेछ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशन गरेका थिए ।













