एफसी पोर्टाे पोर्चगिज शीर्ष डिभिजन लिग प्रिमियरा लिगामा मोरेरेन्सीविरुद्ध ३–० ले विजयी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । एफसी पोर्टाे पोर्चगिज शीर्ष डिभिजन लिग प्रिमियरा लिगामा मोरेरेन्सीविरुद्ध ३–० ले विजयी भएको छ । सोमबार प्रिमियरा लिगाअन्तर्गत घरेलु मैदान स्टाडियो डो ड्रागाओमा भएको खेलमा पोर्टाेले मोरेरेन्सीलाई ३–० ले हराएको हो ।
पोर्टाेको जितमा गाब्री भेगा, ओस्कार पाइटुस्जेवस्की र विलियम गोमेजले समान एक गोल गरे । खेलको १४औँ मिनेटमा भेगाले पोर्टाेलाई अग्रता दिलाएका थिए । २५औँ मिनेटमा पाइटुस्जेवस्कीले अग्रता दोब्बर बनाए । ८१औँ मिनेटमा गोमेजले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
जितसँगै पोर्टाेले प्रतियोगितामा ६९ अंक जोडेको छ । पोर्टाेले २६ खेल खेल्दा २२ जित, तीन बराबरी र एक हारसहित यो नतिजा आत्मसात् गरेको हो । शीर्ष स्थानमा रहेको पोर्टाेले जितबाट दोस्रो स्थानको स्पोर्टिङ सीपीसँग सात अंकको दूरी कायम गरेको छ ।
पराजित मोरेरेन्सी भने ३५ अंकका साथ आठौँ स्थानमा सीमित छ ।












