रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौ ।सर्वोच्च अदालतमा रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ।

यसअघि आइतबारका लागि तोकिएको पेसी हेर्न नभ्याइएपछि अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै सोमबारका लागि सारिएको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दा आज पुनः सुनुवाइका लागि राखेको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनलाई नियमित सुनुवाइका लागि आइतबारको पेसी तोक्न आदेश दिएको थियो।

रास्वपाका सभापति लामिछाने विरुद्ध अघिल्लो सरकारको कार्यकालमा सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको थियो। तर सविता भण्डारी बराल नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले ती मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।