नेकपाका समानुपातिक सांसदहरु को को ?
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
विभिन्न क्लस्टरबाट ९ जनाको नाम आयोगमा बुझाएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । छनोट सूचीमा खसआर्य समूहबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढाको नाम रहेको छ ।
अपांगता समूहबाट प्रेम बयक, महिला समूहबाट बलावती शर्मा, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव परेका छन् । यस्तै, दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा छन् भने थारु समूहबाट निराशा चौधरी डगौरा परेकी छन् ।







