गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरिएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभामा कुल ५९ सदस्यहरू हुन्छन् । जसमा राष्ट्रिय सभा सदस्यको मनोनीत प्रक्रिया संविधान र कानूनद्वारा व्यवस्था गरिएको छ।

संविधानको धारा ८४(१) अनुसार एक सदस्यका लागि मनोनीति गर्ने सिफारिस गर्न सक्छ। यसरी सिफारिस गरिएको व्यक्तिलाई राष्ट्रपति द्वारा मनोनीत गरिन्छ।