कांग्रेसले समानुपातिक सांसद सिफारिस गर्‍यो, निर्वाचन समीक्षा अर्को बैठकमा गर्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेसले समानुपातिक सांसद सिफारिस गर्‍यो, निर्वाचन समीक्षा अर्को बैठकमा गर्ने

काठमाडौ । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार समानुपातिक सिफारिस गर्ने आज अन्तिम दिन भएकाले उक्त प्रक्रिया टुंग्याइएको हो।

उनले निर्वाचनको समीक्षा भने अर्को बैठकमा गरिने जानकारी दिए। “समानुपातिक सिफारिस गर्ने आज अन्तिम दिन हो। आज यसलाई सक्छौं। यही हप्ताभित्र निर्वाचनको समीक्षा पनि गर्छौं,” उनले भने।

प्रवक्ता चालिसेका अनुसार एक–दुई दिनभित्र पुनः बैठक बसेर निर्वाचन परिणामबारे विस्तृत छलफल गरिनेछ। त्यसपछि मात्रै पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।