सेयर बजार परिसूचक बढ्यो, १४ अर्व माथीको कारोबार

User Image Prime TV News २ हप्ता अगाडि
Image of सेयर बजार परिसूचक बढ्यो, १४ अर्व माथीको कारोबार

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक सामान्य अंकले वृद्धि भएको छ। आज बजार परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ।

आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.४१ अंकले बढेर ४८६.८० विन्दुमा पुगेको छ। १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको र ४ वटाको घटेको छ।

तर कारोबार रकममा सानो गिरावट देखिएको छ। आज ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर १ लाख २४ हजार ४९० पटक खरिद–बिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम १४ अर्ब ५० करोडभन्दा बढी थियो।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ।