राप्रपाले समानुपातिक सांसद चयनको जिम्मेवारी अध्यक्ष लिङ्देनलाई सुम्पियो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना चार जना समानुपातिक सांसदको नाम फाइनल गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
पार्टी कार्यसम्पादन समितिको आजको बैठकले नाम टुंगो लगाउन नसकेपछि अध्यक्षलाई निर्णय गर्ने जिम्मेवारी सुम्पिएको हो। अध्यक्ष लिङ्देनले पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापा सँग परामर्श गरेर नाम टुंगो लगाउने योजना बनाएका छन्।
पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आजको बैठकमा अनुपस्थित रहेकाले लिङ्देनले उनलाई फोनमार्फत परामर्श लिएर नाम टुंगो लगाउने तयारी गरेका छन्। पार्टीले सबै कोणबाट योग्य उम्मेदवार चयन गर्न निर्देशन दिएको छ।







