कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जेनजी अलायन्सका अभियन्ताहरूले आइतबार माइतीघरमा सभा आयोजना गर्दै सरकारसँग जेनजी आन्दोलनमा भएको दमनबारे तयार प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भन्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका थिए। सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले २४ फागुनमा आफ्नो प्रतिवेदन सरकारमा बुझाइसकेको छ।







