काठमाडौं सहित देशका केही भागमा वर्षा, पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय
Prime TV News ३ हप्ता अगाडि काठमाडौ । आइतबार मध्याह्न १२:२० बजे देशका केही क्षेत्रमा पानी परिरहेको छ।
राजधानी काठमाडौमा पनि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेको छ। विभागले जनाएको छ कि आजको वर्षा पश्चिमी भूभागबाट सुरु भएको हो र यो प्रणाली क्रमशः पूर्वतिर सर्दै गएको छ।
वर्षाको यो प्रभाव केही दिनसम्म देशका विभिन्न भूभागमा देखिने सम्भावना रहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम लगायत भूभागमा वर्षा भइरहेको बताएको छ।
त्यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची सहित पहाडी जिल्लाहरूमा पनि वर्षा भइरहेको महाशाखाको भनाइ छ। महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ सरिरहेको बताएको छ। यो प्रणाली गण्डकी हुँदै काठमाडौं उपत्यका प्रवेश गर्नेछ।
काठमाडौं उपत्यकामा आइतबार मध्याह्न १–२ बजेपछि बादल लाग्ने र वर्षाको सम्भावना रहने बताएका छन्। यो प्रणाली मंगलबारसम्म सक्रिय हुने बताइएको छ ।












