रियाल मड्रिडको एल्चे विरुद्ध ४-१ को जित, शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटायो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । रियाल मड्रिडले स्पेनिस ला लिगामा एल्चे विरुद्ध ४-१ को सहज जित निकालेको छ।
शनिबार सान्टियागो बर्नबेउमा भएको खेलमा रियाल मड्रिडका एन्टोनीयो रुड्रिगर, फेडेरिको भल्भार्दे, डियान ह्युज्सेन र आरडा गुलेरले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए। खेलको ३९औं मिनेटमा रुड्रिगरले गोल गर्दै रियाललाई अग्रता दिलाए।
त्यसपछि ४४औं मिनेटमा भल्भार्देले रियालको अग्रतालाई दुव्बर बनाए। ६६औं मिनेटमा ह्युज्सेनले गोल गर्दै रियालको अग्रतालाई ३-० मा पुर्याए। एल्चेले ८५औं मिनेटमा आत्मघाती गोलको उपहार पायो र त्यसपछि ८९औं मिनेटमा गुलेरले गोल गर्दै रियालको ४-१ को जित सुनिश्चित गरे।
यस जितसँगै रियाल मड्रिडले बार्सिलोनासँगको अंक दूरी घटाएको छ। रियाल मड्रिडले ६६ अंक सँगालेर दोस्रो स्थानमा पुगेको छ, जबकि शीर्ष स्थानको बार्सिलोनासँग अब केवल एक अंकको दूरी रह्यो। रियाल मड्रिडले २८ खेल खेल्दा २१ जित, तीन बराबरी र चार हारका साथ यो नतिजा प्राप्त गरेको हो। पराजित एल्चे भने २६ अंकमा सीमित रह्यो।












