बलिउडकी प्रसिद्ध अभिनेत्री मधु मल्होत्राको निधन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बलिउडकी प्रसिद्ध अभिनेत्री मधु मल्होत्राको निधन भएको छ । ७२ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो ।
७० र ८० को दशककी चर्चित अभिनेत्री मल्होत्राले ‘हिरो’, ‘कर्ज’, ‘लम्ही जुदाई’लगायत चलचित्रमा काम गरेकी थिइन् । आफ्नो फिल्मी करिअरमा उनले थुप्रै चलचित्रमा अभिनय गरिन् । सन् १९७० र ८० को दशकमा उनले १०० भन्दा धेरै चलचित्रमा काम गरेकी थिइन् ।
‘सत्ते पे सत्ता’, ‘कर्ज’, ‘रिश्ता कागज का’, ‘विश्वनाथ’, ‘कयामत’लगायत धेरै लोकप्रिय चलचित्रमा उनले अभिनय गरेकी थिइन् । यी चलचित्रमा उनको अभिनयलाई दर्शकले रुचाएका थिए । उनले चलचित्र ‘हिरो’को लोकप्रिय गीत ‘लम्ही जुदाई’बाट आफूलाई ‘लाइम लाइट’मा ल्याएकी थिइन् ।













