‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक

काठमाडौ । चलचित्र ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा ‘फिचर्ड’ छन् । चलचित्र षट्कोण आर्टसले निर्माण गरेको हो ।

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको मुख्य नृत्य छ । गीतमा दीपिका बयम्बुमगर र खेम सेन्चुरीको स्वर छ। साथै, संगीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन् ।

गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ।