एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक

काठमाडौ । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो। 

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो। बुवाको निधनको शोकमा रहेका ओलीले आजै पार्टीको सचिवालय बैठक बोलाएका हुन्। 

गएको निर्वाचनको समीक्षा, समानुपातिक सांसद् छनोटसहितका एजेण्डामा छलफल गर्न ओलीले बैठक बोलाएका स्रोतले जनाएको छ।