एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडले सहज जित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडले सहज जित

काठमाडौ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेडले सहज जित हात पारेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । प्लानिङको जितमा पापा इबु केबेले दुई गोल गरे भने एलेक्स विलेनि, निङ्मा गुरुङ र प्रतापसिंह राईले समान एक–एक गोल थपे ।

चित्लाङका लागि दुवै गोल सोलोमोन इलेसान्मीले गरेका थिए । जितसँगै ११ खेलबाट प्लानिङ ब्वाइजले २२ अंक जोडेको छ । समान खेल खेलेको चित्लाङ एफसीको भने ७ अंक रहेको छ । त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जितमा अबिनाश स्याङतानले गरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै मच्छिन्द्रले १० खेलबाट २५ अंक जोडेको छ भने पुलिस क्लबको ८ अंक रहेको छ ।