केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि

User Image Prime TV News ३ हप्ता अगाडि
Image of केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ । 

शुक्रबार बिहान निधन भएका ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई केपी शर्मा ओलीले दागबत्ती दिएका थिए । त्यसअघि पशुपति आर्यघाटमा पार्टीका नेताहरु, कार्यकर्ता , शुभेच्छुक लगाएतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।