इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले काठमाडौमा प्रदर्शन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले काठमाडौमा प्रदर्शन

काठमाडौ । इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै विद्यार्थीहरुले काठमाडौमा प्रदर्शन गरेका छन् ।

इनिशा बिकलाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले इनिशा बिकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, नारीहरुको सुरक्षा गर, घटनाको निष्पक्ष सम्मान गर लगाएतका नारा लगाएका थिए ।

कालोपट्टी बाधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन नरोकिने जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।