ओलीका पीताको निधन प्रति राजनीतिक नेताहरूले दुःख व्यक्त
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद मैनालीको निधनप्रति विभिन्न राजनीतिक नेताहरूले दुःख व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुषपकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन्। देउवाले सामाजिक सञ्जालमा लेख्दै मोहनप्रसाद ओलीको निधनको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन्।
उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै अध्यक्ष ओलीसहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। देउवा हाल सिगापुरमा रहेका छन्। त्यसैगरी प्रचण्डले पनि सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीसहित शोकसन्तप्त परिवार र आफन्तजन प्रति समवेदना प्रकट गरेका छन्।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो। उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने तयारी गरिएको छ।







