सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घट्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने यही सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी प्रति १० ग्राम सुनको मूल्य पनि घटेर आज २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो प्रति १० ग्राम सुन २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४ सय ९५ रुपैयाँ कायम भएको छ।

त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य पनि घटेर आज ४ हजार ७ सय ११ रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार ७ सय २८ रुपैयाँ रहेको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।