दुबईको वित्तीय क्षेत्रमा इरानको ड्रोन आक्रमण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । इरानले दुबईको वित्तीय क्षेत्रलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। बिहीबार दुबईको वित्तीय जिल्लातर्फ ड्रोन प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बिबिसीका अनुसार उक्त आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि यसले मध्यपूर्वमा जारी युद्धको असर दुबईको व्यापार तथा बैंकिङ क्षेत्रमा पनि पर्न थालेको संकेत गरेको छ।
इरानले अमेरिका र इजरायलको आक्रमणको जवाफस्वरूप पश्चिमी देशसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई लक्ष्य बनाउने चेतावनी दिँदै आएको छ। सोही क्रममा दुबईको वित्तीय क्षेत्रमाथि ड्रोन आक्रमण गरिएको बताइएको छ।
घटनापछि संयुक्त अरब इमिरेट्समा रहेका आफ्ना अधिकांश शाखा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ। यस क्षेत्रका अन्य बैंक तथा व्यवसायीहरूले पनि सुरक्षालाई ध्यानमा राख्दै सावधानी अपनाउन थालेका छन्।
पछिल्लो समय इरानले अमेरिका र उसका खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई आर्थिक तथा रणनीतिक रूपमा दबाब दिन विभिन्न क्षेत्रमा आक्रमण तीव्र बनाइरहेको बताइएको छ।
विशेषगरी तेल आपूर्ति, ढुवानी मार्ग तथा बैंकिङ प्रणालीजस्ता पश्चिमी देशका महत्वपूर्ण आर्थिक क्षेत्रलाई लक्ष्य बनाउँदै इरानले बहुआयामिक आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय विश्लेषणमा उल्लेख गरिएको छ।












