ग्यास अभाव व्यवस्थापन गर्न आजदेखि आधा सिलिन्डर वितरण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल आयल निगमले बजारमा देखिएको ग्यास अभाव व्यवस्थापन गर्न आजदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री वितरण गर्ने निर्णय गरेको छ।
निगमले शुक्रबारदेखि लागू हुने गरी एलपी ग्यास सिलिन्डरमा ७.१ किलो ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने व्यवस्था लागू गरेको जनाएको छ। सामान्य अवस्थामा भने एक सिलिन्डरमा करिब १४.२ किलो ग्यास भर्ने गरिन्छ।
निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्तिमा समस्या देखिएको छ। सोही कारण पछिल्लो समय नेपालमा ग्यासको माग अत्यधिक बढ्दै जाँदा बजारमा अभावको अवस्था सिर्जना हुन थालेको निगमले जनाएको छ।
निगमले हालसम्म मागअनुसार ग्यास आपूर्ति गर्ने प्रयास गरिरहेको भए पनि बढ्दो माग र आपूर्ति व्यवस्थापनको चुनौतीका कारण अस्थायी रूपमा आधा सिलिन्डर वितरण प्रणाली लागू गरिएको स्पष्ट पारेको छ। यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू रहने निगमले जनाएको छ।












