रवि र बालेनसँगको टेलिफोन संवादबारे भारतीय विदेश मन्त्रालयले के गरायो जनाकारी ?

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रवि र बालेनसँगको टेलिफोन संवादबारे भारतीय विदेश मन्त्रालयले के गरायो जनाकारी ?

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सँग टेलिफोन संवाद बारे भारतीय विदेश मन्त्रालयले जनाकारी दिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रविन्द्र जैसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

प्रवक्ता जैसवालका अनुसार प्रधानमन्त्री मोदीले नेपालमा सम्पन्न निर्वाचनलाई स्वागत गर्दै नयाँ सरकार र नेपाली जनतासँग नजिकबाट सहकार्य गर्न भारत प्रतिबद्ध रहेको सन्देश दिएका छन्। उनले भारत र नेपालबीच ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक साझेदारी रहेको स्मरण पनि गराएका थिए।

“एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ,” प्रवक्ता जैसवालले प्रधानमन्त्री मोदीको सन्देश उद्धृत गर्दै भने।

नेपालमा हालै सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले त्यसको परिणामलाई सकारात्मक रूपमा लिएको पनि उनले उल्लेख गरे। साथै आगामी दिनमा भारत–नेपाल सम्बन्ध अझ सुदृढ र विस्तार हुने अपेक्षा गरिएको प्रवक्ता जैसवालले बताए।

भारत र नेपालबीचको सम्बन्ध ऐतिहासिक रूपमा घनिष्ठ रहँदै आएको छ। दुवै देशबीच आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यका विभिन्न आयामहरू रहेका छन्। भारतले भविष्यमा पनि नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ।