बैठकमा बोल्ने क्रममा ढलेका एमाले नेता कृष्ण थापाको निधन
Prime TV News ३ हप्ता अगाडि 
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ।
जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा उनी अचानक ढलेका थिए। त्यसपछि उपचारका लागि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। प्रारम्भिक जानकारीअनुसार बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएको छ।
गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की–२ बाट उम्मेदवार बनाइएको थियो। तर पार्टीभित्रै विरोध भएपछि उनको टिकट खोसिएको र पछि रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो।
थापाको निधनप्रति पार्टीका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन्।







