अमेरिका–इरान युद्धको पहिलो ६ दिनमा ११ अर्ब डलरसम्म खर्च

User Image Prime TV News ३ हप्ता अगाडि
Image of अमेरिका–इरान युद्धको पहिलो ६ दिनमा ११ अर्ब डलरसम्म खर्च

काठमाडौ । अमेरिकाले इरान विरुद्ध सुरु गरेको युद्धको पहिलो ६ दिनमा करिब ११ अर्ब ३० करोड डलर खर्च भएको पेन्टागनले गोप्य ब्रिफिङमा अमेरिकी संसदलाई जानकारी दिएको छ।

अमेरिका र इसराइलले डिसेम्बरको अन्तिम दिन इरानमाथि आक्रमण सुरु गरेपछि लगातार संयुक्त हमला जारी छ। प्रारम्भिक चरणमा महँगा हतियार जस्तै एजीएम–१५४ ग्लाइड बम प्रयोग भएको थियो।

युद्धको खर्च तीव्र रूपमा बढ्दै गएपछि अमेरिकी संसदमा थप बजेट आवश्यक पर्ने बहस सुरु भएको छ। ह्वाइट हाउसले करिब ५० अर्ब डलरसम्मको बजेट माग गर्ने सम्भावना रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले झण्डै दुई हजार मानिसको मृत्यु भएको र अधिकांश पीडित इरान र लेबननका नागरिक रहेको जनाएका छन्।

युद्धले मध्यपूर्वका अमेरिकी आधारहरूमा तनाव बढाएको र विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय यातायात प्रणालीलाई समेत प्रभावित बनाएको छ।