सुर्खेतमा १६ वर्षीया इनिशा विक बलात्कारपछि हत्या: पोस्टमार्टमले पुष्टि

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुर्खेतमा १६ वर्षीया इनिशा विक बलात्कारपछि हत्या: पोस्टमार्टमले पुष्टि

सुर्खेत । वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विक माथि भएको बलात्कारपछि मृत्यु भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाही का अनुसार मृतक अत्यधिक रक्तस्रावका कारण निधन भएको हो।

प्रहरीले घटनामा संलग्न आशंकामा चार जनालाई नियन्त्रणमा लिइरहेको छ र प्रारम्भिक अनुसन्धान पूरा भइसकेको छ। मोबाइल डिजिटल फरेन्सिक परीक्षण, पोलिग्राफ टेस्ट र सिन एनालाइसिससमेत गर्न केन्द्रीय प्राविधिक टोलीहरू सुर्खेतमा खटिसकेका छन्।

पीडित परिवार र स्थानीयहरूले दोषीलाई कडा कारबाही गर्न र न्याय सुनिश्चित गर्न प्रदर्शन गरेका छन्। अनुसन्धानलाई प्रभावकारी र निष्पक्ष बनाउन छुट्टै टोली गठन गरी विस्तृत प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।