प्रतिनिधि सभा निर्वाचनमा खटिएका प्रहरीहरूलाई बिदाई
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि नेपाल प्रहरीले आज औपचारिक कार्यक्रम आयोजना गरी निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरेको छ।
निर्वाचनका लागि गत पुस २४ मा १ लाख ३३ हजार ९८० जनाका लागि निर्वाचन प्रहरी भर्ना खुलाइएको थियो। भर्ना छनोटमा परेका प्रहरीहरूलाई करिब ४० दिन देशभर परिचालन गरिएको थियो र उनीहरूलाई खादा लगाएर औपचारिक रूपमा बिदाई गरिएको हो।







