इनिसा विक हत्यामा संगलग्नलाई कडा कारबाही गर्न प्रचण्डको माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इनिसा विक हत्यामा संगलग्नलाई कडा कारबाही गर्न प्रचण्डको माग

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुर्खेतकी १६ वर्षीया इनिसा विक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको घटनामा कडा कानुनी कारबाहीको माग गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जालमार्फत् घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले निष्पक्ष, छिटो र प्रभावकारी छानविन गरी दोषीलाई कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

उनले लेखेका छन्,‘ सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ। मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु।’