धनुषा-१ मा नेकपाका मातृका यादव विजयी घोषित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of धनुषा-१ मा नेकपाका मातृका यादव विजयी घोषित

काठमाडौ । निर्वाचन आयोगले धनुषा-१ क्षेत्रबाट मातृका यादवलाई विजयी घोषित गरेको छ। रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको र उनका मत वेबसाइटमा अद्यावधिक नगरिएकाले यादव नै पहिलो स्थानमा रहे र विजेता घोषणा गरिएको हो।

निर्वाचन आयोगले यसअघि यादवलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराइसकेको थियो। प्रारम्भमा आयोगले विजयी घोषणा नगरेपछि नेकपाले विरोध जनाएको थियो। किशोरी साह अदालतमा मुद्दा दायर गरेकी छन् र अदालतको निर्णय आगामी शुक्रबार आउँनेछ।

यससँगै आयोगले १६५ क्षेत्रको मतपरिणामसहित विजेता घोषणा गरिसकेको छ भने समानुपातिक मतपरिणाम पनि गणना सकिएको छ।