सुनको भाउ तोलामा २ हजारले घट्यो, चाँदी पनि सस्तो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको हो। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा किनबेच भएको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा २०५ रुपैयाँ कम हो। बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन्।












