साउदी अरबले १८ ड्रोन खसालेको दाबी, मध्यपूर्वमा तनाव थप चर्कियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of साउदी अरबले १८ ड्रोन खसालेको दाबी, मध्यपूर्वमा तनाव थप चर्कियो

काठमाडौ । साउदी अरबको रक्षा मन्त्रालयले देशको पूर्वी क्षेत्रमा प्रवेश गरेका १८ वटा ड्रोन खसालिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार पछिल्ला केही दिनयता आकाशमा देखिएका ती ड्रोनहरूलाई प्रतिरक्षा प्रणालीमार्फत इन्टरसेप्ट गरी नष्ट गरिएको हो।

सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीले जनाए अनुसार सुरक्षाकर्मीहरूले सम्भावित खतरा देखिएपछि ड्रोनहरूलाई आकाशमै रोक्दै ध्वस्त पारेका थिए। यद्यपि ती ड्रोन कसले पठाएको थियो भन्ने विषयमा आधिकारिक रूपमा खुलाइएको छैन।

यस घटनाबीच मध्यपूर्व क्षेत्रमा सुरक्षा तनाव बढिरहेको छ। अमेरिका र इजरायलले  इरान माथि आक्रमण सुरु गरेपछि क्षेत्रीय अवस्था थप जटिल बनेको छ। इरानमा भएका ती हमलापछि इरानले पनि मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण जारी राखेको बताइएको छ।

क्षेत्रीय तनाव बढ्दै जाँदा सुरक्षा चुनौती र सम्भावित सैन्य गतिविधि बढ्न सक्ने अनुमान गरिएको छ।