आइसिसी पुरुष टी-२० विश्वकप २०२६ : नेपाल १६औं, भारतले सबैभन्दा बढी पुरस्कार पायो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आइसिसी पुरुष टी-२० विश्वकप २०२६ : नेपाल १६औं, भारतले सबैभन्दा बढी पुरस्कार पायो

काठमाडौ । आइसिसीले पुरुष टी-२० विश्वकप २०२६ को कुल पुरस्कार रकम ११.२५ मिलियन अमेरिकी डलर (१ अर्ब ६५ करोड रुपैयाँ बढी) वितरण गरिएको जानकारी दिएको छ। यो रकम २०२४ मा आइसिसीले गरेको रेकर्ड वृद्धि अनुसारको हो।

विश्वकपमा सहभागी २० टोलीलाई आधारभूत सहभागिता रकमसहित जित र स्थानको आधारमा पुरस्कार वितरण गरिएको छ। प्रत्येक टोलीलाई २ लाख २५ हजार अमेरिकी डलर आधारभूत रकम प्रदान गरिएको थियो। त्यसपछि टोलीको स्थान, जितेको खेल र प्रतियोगिताको चरण (समूह चरण, सुपर ८, सेमिफाइनल, फाइनल) अनुसार थप बोनस दिइएको थियो।

नेपाल प्रतियोगितामा १६औं स्थानमा रहँदा, एक खेल जितेको आधारमा २,५६,१५४ अमेरिकी डलर (३ करोड ७६ लाख रुपैयाँ बढी) प्राप्त गरेको आइसिसीले जनाएको छ। सबैभन्दा बढी पुरस्कार विजेता टोली आयोजक भारत भएको छ। भारतले कुल २,६३९,४२३ अमेरिकी डलर खेलाडी पुरस्कार प्राप्त गरेको छ।

टोली अनुसार पुरस्कार रकम (अमेरिकी डलर)

  • भारत – २,६३९,४२३

  • न्युजिल्यान्ड – १,४२२,६९२

  • दक्षिण अफ्रिका – १,००५,५७७

  • इङ्ल्यान्ड – ९७४,४२३

  • वेस्ट इन्डिज – ५३८,२६९

  • पाकिस्तान – ५२२,६९२

  • जिम्बाब्वे – ४९१,५३८

  • श्रीलंका – ४७५,९६२

  • अफगानिस्तान – ३०९,८०८

  • अस्ट्रेलिया – ३०९,८०८

  • अमेरिका – ३०९,८०८

  • स्कटल्यान्ड – २७८,६५४

  • आयरल्यान्ड – २७१,७३१

  • इटाली – २५६,१५४

  • नेदरल्यान्ड्स – २५६,१५४

  • नेपाल – २५६,१५४

  • यूएई – २५६,१५४

  • क्यानडा – २२५,०००

  • नामिबिया – २२५,०००

  • ओमान – २२५,०००