नयाँ निर्वाचनबाट ६ दलले पाए राष्ट्रिय दलको मान्यता, श्रम संस्कृति पार्टी नयाँ थप

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नयाँ निर्वाचनबाट ६ दलले पाए राष्ट्रिय दलको मान्यता, श्रम संस्कृति पार्टी नयाँ थप

काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

नयाँ दलको रूपमा श्रम संस्कृति पार्टी राष्ट्रिय दलको सूचीमा थपिएको छ। हर्क साम्पाङ नेतृत्वको पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरी राष्ट्रिय मान्यता प्राप्त गरेको हो।

पुराना राष्ट्रिय दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले. नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । यी चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको मान्यता पाउँदै आएका थिए।