समानुपतिक निर्वाचनमा कुन दलको कति मत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of समानुपतिक निर्वाचनमा कुन दलको कति मत

काठमाडौ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ४८ हजार २१७ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार एक करोड सात लाख ६९ हजार ५४३ मतमध्ये रास्वपाले उक्त मत पाएको हो । नेपाली कांग्रेसले १७ लाख ५४ हजार ३९५ मत पाएको छ । नेकपा (एमाले)ले १४ लाख ५१ हजार ९५६ मत पाएको छ ।

नेपाली कम्युनिस्ट (नेकपा)को आठ लाख नौ हजार ७१ मत पाएको छ । श्रम संस्कृतिको तीन लाख ८५ हजार ६८२ मत पाएको छ । राप्रपाले तीन लाख ३० हजार ८२ मत पाएको छ । समानुपातिकर्फको मतगणना सकिएको छ ।

तर, आयोगको बेवसाइटमा अपडेट भएको मत अन्तिम हो कि होइन भन्ने रुजु गर्न बाँकी भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । “समानुपातिकर्फको मतगणना सकिएको छ । सबै क्षेत्रको परिणाम अपडेट भएको छ कि छैन रुजु गर्न बाँकी छ,” उनले भने ।